Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशको हावा पाकिस्तानतिरः इमरान खानको रिहाईमा हज्जारौंको मार्चपास

सोमबार, भदौ २४, २०८१

काठमाडौं– बंगलादेशमा चलेको हावा अब पाकिस्तानतिर सरेको छ। सरकार बिरोधी आन्दोलनको उग्ररुप लिएपछि बंगलादेशबाट निर्वाचित प्रधानमन्त्री रहेकी शेख हसिनाले देश छाड्नु परेको थियो। 

यहि शैलीको राजनीतिक विषयलाई लिएर पाकिस्तानमा पनि मार्चपास सुरु भएको छ। 

पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौंले विरोध प्रदर्शन गरेका छन्।

पाकिस्तानको राजधानी इस्लामावादमा हजारौं मानिसहरू सडकमा उत्रिएका हुन्। 

खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अनुसार उनीमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित रहेको छ।

गत फेब्रुअरीमा भएको विवादित राष्ट्रिय र क्षेत्रीय चुनावपछि पहिलो शक्ति प्रदर्शन भएको बताइन्छ। 

‘खानलाई जेलबाट रिहा नगरेसम्म हामी शान्त रहँदैनौं’, खानका नजिकका सहयोगी हम्माद अजहरले भाषणमा भनेका।

लाहोरका प्रख्यात वकिल र पीटीआई नेता सलमान अकरम राजा भने – यो देशलाई भ्रष्ट र अक्षम राजनीतिज्ञहरूको चंगुलबाट बचाउन इमरान खान मात्र सक्षम छन्।

यस्तै खाले प्रदर्शन बंगलादेशमा भएपछि अन्तरिम सरकार गठन पूर्व नै विपक्षी दलकी नेत्री तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाई भएको थियो।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्