Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद अगाडि सत्ता साझेदार दलको बैठक

सोमबार, भदौ २४, २०८१

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेसहित सत्ता साझेदार दलको बैठक सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ। 

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहित आरजु राणा र रमेश लेखक तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र एमाले महासचिव शंकर पोखरेलबीच भएको छलफलअनुसार सत्ता साझेदार अन्य दलसहितको बैठक बस्न लागेको हो। 

कांग्रेस–एमाले समीकरणलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा)का दुवै घटक र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ।

मन्त्रिपरिषदको बैठक भने सोही स्थानमा ६ बजेका लागि डाकिएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्