Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसमा देउवाको रोजाई महामन्त्री गगन थापा, यसरी अगाडि बढाउँदैछन्

न्युनतम साझा कार्यक्रमका लागि कार्यदलमा चार जना, अन्य पनि थपिनेवाला छन् 
सोमबार, भदौ २४, २०८१

काठमाडौं– नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा महामन्त्री गगन थापालाई केन्द्रविन्दुमा तान्न थालिएको छ। अरु कसैले नभई सभापति शेरबहादुर देउवाको रोजाईमा थापा पर्न थालेका छन्। 

प्रतिनिधि सभा, सर्वदलीय बैठक, पदाधिकारी बैठक, केन्द्रीय समितिमा पनि थापाको प्रस्तावलाई पारित गर्दै हिँडेका देउवाले अहिले सत्ता सहकार्यका काममा पनि अगाडि बढाउन थालेका छन्। 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार साँझ भेट गरी सरकारको न्युनतम साझा कार्यक्रम तयार पार्नेगरी सहमति गरेका देउवाले गठन हुने कार्यदलमा पहिलो रोजाईमा थापालाई राखेका छन्। 

यसबाहेक कांग्रेसबाट कार्यदलमा अर्का सदस्य प्रवक्ता डा. प्रकाशशरण महतलाई राखिएको छ। 

एमालेबाट भने उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। सत्ता साझेदार दलको बैठक राखी अन्य सदस्य पनि थप्ने तयारी भएको छ। 

रोचकचाहिँ के छ भने यसअघि प्रधानमन्त्री ओलीको कडा आलोचक रहेका थापालाई देउवाले अगाडि बढाउनु हो। नेपाली कांग्रेसको आगामी महाधिवेशनको समीकरणको तयारीका रुपमा पनि देउवाको महत्वमा परेका महामन्त्री थापाले पाएको महत्वलाई टिप्पणी गर्न थालिएको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्