Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसमा एउटैलाई अवसरमाथि अवसर! उपसभामुख र शिक्षामन्त्री बनिसकेकी यादवलाई राजदूत उपहार

सोमबार, भदौ २४, २०८१

काठमाडौं– नेपाली कांग्रेसमा एउटै नेत्रीलाई अवसरमाथि अवसर दिइएको छ। फेरि नयाँ जिम्मेवारी दिने तयारी भएको छ। 

उपसभामुख र शिक्षामन्त्री भइसकेकी चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि नेपालको राजदूतमा सिफारिस गर्ने तयारी भएको छ। 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबारको मन्त्रिपरिषदको बैठकमा उक्त प्रस्ताव लैजाने निधो गरिसकेकी छन्। परराष्ट्र मन्त्रालयले उक्त प्रस्ताव तयार पारिसकेको उच्च स्रोतले क्यानडा नेपाललाई जानकारी दियो। 

यादव पछिल्लो पटक तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषदमा शिक्षा मन्त्रीको जिम्मेवारीमा थिइन्। 

उनै यादवलाई यसअघि सभापति शेरबहादुर देउवाले प्रमुख सचेतक समेत बनाएका थिए। 

मधेस प्रदेशकी यादव कांग्रेसबाट पदीय जिम्मेवारीको अवसर पाउने एक मात्र नेत्री हुन्। 

उनी तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा उपसभामुख समेत थिइन्। 

नेपाली कांग्रेस विभाजनमा गएपछि उनी देउवा खेमामा लाग्दै कांग्रेस प्रजातान्त्रिकमा लागेकी थिइन्। निर्वाचनमा पराजित भएपछि यादवले कुनै लाभको पद पाएकी थिइनन्, यसैकारण उनलाई राजदूत बनाउन लागिएको हो। 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्