Nic Ad Nic Ad
Nic Ad Nic Ad

विवाद छिचोले अनि सिग्देलले लगाए प्रधानसेनापतिको ‘फूली’

सोमबार, भदौ २४, २०८१

काठमाडौं– झन्डै एक लाख सदस्य रहेको नेपाली सेनाको कमान्ड सोमबारदेखि औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हालेका छन्।

सरकारले प्रधानसेनापतिमा नियुक्त गरेका सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले फूली लगाइ दिएका छन्।

प्रधानसेनापति सिफारिसका बेला उनी विविध विवादमा तानिए पनि जंगी अड्डाले त्यसको खण्डन गरेको थियो। 

नेपाली सेनाले उनी रथी रहेका बेला निस्किएको जन्ममितिको  सम्बन्धमा कुनै विवाद नरहेको भनी प्रतिरक्षा गरेको थियो। 

पत्रकार सम्मेलन गरेरै सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्ममितिसम्बन्धी विवरणमा आशङ्का गर्ने ठाउँ नरहेको बताएका थिए।

यस्ता विवाद छिचोलेर सिग्देलले प्रधानसेनापतिको फूली लगाएका छन्। 

एक महिनाअघि उनी कायममुकायम प्रधानसेनापति थिए। निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मा एक महिनाअघि विदामा थिए भने केही दिनअघि मात्र औपचारिक विदाइमा सरिक भएका थिए। 

३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलको स्थायी घर भैरहवा हो।

उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन्।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका समेत विद्यार्थी उनले जंगी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसकेका छन्।

संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका छन्।

तत्कालिन उपरथी ताराध्वज पाण्डेको जन्ममिति विवाद आएपछि सिग्देल रथी हुँदै प्रधानसेनापति बन्ने भाग्यमानी अधिकारी हुन्।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्