Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?

सोमबार, भदौ २४, २०८१

काठमाडौँ -नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर एक हजार सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्