Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

सोमबार, भदौ २४, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहबिच राष्ट्रपति पौडेलले शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए ।


सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ मा प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका थिए । राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।


 

प्रतिक्रिया दिनुहोस्