Nic Ad Nic Ad
Nic Ad Nic Ad

खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु

सोमबार, भदौ २४, २०८१

रुकुम पश्चिम  - रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा ६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरूको मृत्यु भएको हो । 

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट-४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट-६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए। 

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्