Nic Ad Nic Ad
Nic Ad Nic Ad

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

सोमबार, भदौ २४, २०८१

काठमाडौं- एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले स्थायी लेखा नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।

बैंकका अनुसार, ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको 'प्यान अपडेट' विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिनेछ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न आवेदन दिन सक्ने प्रबन्धसमेत मिलाइएको बैंकले जनाएको छ ।

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बरहरूमा सम्पर्क गरी सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्