Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राउन सुगरसहित सुर्खेतमा २ जना पक्राउ

सोमबार, भदौ २४, २०८१

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–३ का २६ वर्षीय भुवन भण्डारी र बराहाताल गाउँपालिका-९ का २८ वर्षीय चन्द्र बहादुर बुढाथोकी छन् ।

उनीहरूको साथबाट १८ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित १० हजार नौ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको जनाएको छ ।

अनुसार उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर-८ क्याम्पस रोडबाट नियन्त्रणमा लिइएको हो । क्याम्पस रोड क्षेत्रमा लागु औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्