Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाँचथरमा बम विस्फोटबाट बालबालिकाको मृत्युबारे गृह मन्त्रीले जवाफ दिनुपर्छ : एमाले

सोमबार, भदौ २४, २०८१

काठमाडौँ- नेकपा एमालेले पाँचथरको विस्फोट घटनामा गृह मन्त्रीको जवाफ मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो घटनामा सरकारले सदनमा आएर जवाफ दिनुपर्छ । यतिका समयमा समेत यो घटनामा जोडिएका दोषी को हो ? यस्तो गम्भीर प्रकृतिको घटनामा गृह मन्त्रीले संसदमा आएर जवाफ दिन माग गर्न चाहन्छु ।’

सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विस्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न गरे । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा गत बिहीबार सकेट विष्फोटका भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्