Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन : ज्ञानेन्द्र शाही

सोमबार, भदौ २४, २०८१

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले जति झुट अरूले नबोल्ने बताएका छन् । सोमबार जारी प्रतिनिधि सभा बैठकको शून्य समयमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

“देशको प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरदेखि गए । डा. सन्दुक रुइत जानुभयो । हामीहरू गयौँ । स्वास्थ्य सचिव जानुभयो । लास्ट आवरमा गएर के भन्नुभयो, म आउँदिनँ, दीक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो ?,” उनले भने ।

उनले उक्त समारोह तयारीको खर्च प्रधानमन्त्रीको व्यक्तिगत खर्चबाट असुलउपर गर्नुपर्ने बताए । “प्रधानमन्त्री बिरामी हुनुभयो, स्विकार्छौँ । मौसम खराबी भो, स्विकार्छौँ । भ्यूटावर भएको भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर उहाँ जानुभएन,” उनले भने ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्