Nic Ad Nic Ad
Nic Ad Nic Ad
नकाबभित्र मनोरञ्जन र अपराध

नेपालमा अनौठो अपराध : ‘सुगर ड्याडी’ ग्याङको असलियत के हुन्, के हुन सक्छन्?

सोमबार, भदौ २४, २०८१

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको थुनामा छन्, बुढानीलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ का २२ वर्षीय ओजस्वी तामाङ, र स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरूङ।

यो हो, सुगर ड्याडी ग्याङ। यसका नाइके हुन्– आशिष देउला।

यो ग्याङको काम थियो– दिनभरि सुत्ने र रातको समयमा काठमाडौंका विभिन्न क्लब, होटल लगायत ठाउँमा जाने। त्यहीँबाट उनले युवा युवतीलाई निशाना बनाउने। 

क्लबमा आएका नयाँ युवा युवतीहरूलाई साथी बनाउने, पैसाको प्रलोभनमा पार्ने र मदिरामा लागुपदार्थ मिसाएर पिलाएर आफ्नो घरमा लगेर चरम यातना दिने। 

फिल्मी कहानी जस्तो लाग्ने यो सत्य घटना हो। प्रहरीको अनुसन्धानका क्रममा रहेको यो विषयबारे थप जानकारी निकाल्ने काम भइरहेको छ। 

परिसर स्रोतका अनुसार आशिषले कतिपयको नंग्रा निकाल्ने, पोल्ने, घाउचोट बनाउने, ड्रिल मेसिनले छेडिदिने, मलद्वारमा स्नुकर स्टिक छिराउने, भिक्स हालिदने, शरीरका संवेदनशील अंगहरू पेचकसले च्याप्ने लगायत विभिन्न क्रूर गतिविधि गरेका खुलेको छ। 

उनले त्यसको भिडिओ समेत बताउने गरेकाका थिए। पक्राउ परेका मध्य आशिषले ‘यसो गर्दा आफूलाई चरम आनन्द आउने’ प्रारम्भिक बयान प्रहरीलाई दिएका छन्।

नकाब लगाएर हिँड्ने, सामाजिक सञ्जाल टिकटकमा सुगर ड्याडी नामको आइडीमा पैसा उडाएको, युवतीहरुसँग रमाएको भिडिओ पनि हालेका छन्।
नकाब लगाएरै पनि कतिपय युवतीसँग लाइभ बसेको, भिडिओ कुराकानी गरेको भेटिन्छ। 

यस्तो अपराध कसरी गर्न सक्छ मानिस? अरुलाई चरम यातना दिएर कसरी आनन्द हुन सक्छ? प्रहरीले अहिले यो टोलीलाई ‘साइकोप्याथ’ नाम दिएको छ। 

यद्यपि क्यानडा नेपालको खोजले यस्तो अपराध गर्नेका दुई प्रकारबाट अध्ययन भएको विवरण प्राप्त गरेको छ। 

अत्यधिक पैसाको प्रदर्शन गरेको हकमा यो समूह ‘डार्क वेभ’मा सक्रिय रहेको र जानाजान यसो गरिरहेको भन्ने मान्न सकिन्छ भने, अर्कोचाहिँ मनोवैज्ञानिक रोग पनि कारण हुन सक्ने पत्ता लागेको छ। 

पहिलो, डार्क वेब इन्टरनेटको त्यो पाटो हो जसलाई सर्च इन्जिनमा सूचीकरण गरिँदैन। विशेषज्ञका अनुसार इन्टरनेटमा आमरूपमा हामीले प्रयोग गर्ने गरेको ‘सर्फेस वेब’ को हिस्सा केवल पाँच प्रतिशत मात्रै हो। 

इन्टरनेटको आमप्रयोग बाहिरको बाँकी ९५ प्रतिशत हिस्सालाई ‘डिप वेब र डार्क वेब’ले ओगटेको छ।

‘डार्क वेभ’ मानव तस्करी, लागुऔषध तस्करी, सरकारका प्रतिरक्षा गोपनियताहरु ह्याक गर्ने, बालबालिका तस्करी तथा चाइल्ड पोर्नोग्राफी, हतियारको खरीदबिक्रि, यौन भिडियो सार्वजनिक, आतङ्ककारी गतिविधि र साइनाइड जस्ता विषको बिक्री लगायतका खतरनाक अपराधहरु हुने गर्छन्।

प्रहरीका अनुसार यस कोणबाट पनि यो समूहबारे छानबिन र अनुसन्धान जारी छ। उनले यातना दिएको भिडिओ डार्क वेभमा पठाएर रकम कमाएको हुन सक्ने पनि आँकलन गर्न सकिन्छ। 

अर्कोचाहिँ पैसाको कमी नभएको आशिष यस्ता यातनाबाट मज्जा लिने मानसिक रोगी पनि हुन सक्ने मेडिकल रिसर्चले देखाउँछ।

यस्तो हर्कत गरेर आनन्द लिने रोगलाई स्याडिस्टिक पर्सनालिटी डिसअर्डर (एसपीडी) पनि भन्ने गरिन्छ।   

दुखी व्यक्तित्व भएका व्यक्तिहरूले आवर्तक आक्रामकता र क्रूर व्यवहार प्रदर्शन गर्ने प्रवृत्ति यसभित्र पर्छ। 

यस्तो रोग भएका व्यक्तिहरूले अरूलाई नियन्त्रण र हावी गर्ने प्रयासमा हिंसा र आक्रामकता प्रयोग गर्छन्। जब अरूले आफ्नो इच्छामा पेश गर्न अस्वीकार गर्छन्, तिनीहरूले हिंसाको स्तर बढाउँछन्। 

यस्ता रोगीले मौखिक र भावनात्मक रूपमा शारीरिक रूपमा सट्टा अरूलाई दुर्व्यवहार गर्छन्, उद्देश्यपूर्ण रूपमा अरूलाई डर वा लाजमर्दो प्रयोग गरेर अपमानित गरेर रमाउँछन्। 

हिंसाको साथ एक व्याकुलता प्रदर्शन पनि गर्छन्। 

तिनीहरू केवल अर्को व्यक्तिको पीडा देखिरहेका छन् वा व्यक्तिले आफैलाई दुःख दिइरहेका छन्, दुःखी मानिसहरूले अरूको पीडा देखेर आनन्द लिन्छन्।

अब आषिश र उनको ग्याङ डार्क वेभ प्रयोगकर्ता हुन् कि रोगी? योचाहिँ अनुसन्धानपछि नै प्रष्ट हुनेछ। 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्