Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेको सचिवालय बैठक भदौ २८ मा बस्ने

सोमबार, भदौ २४, २०८१

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिए  ।

बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने छ ।

यही भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठक आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्य योजनालाई अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्