वित्तीय उपभोक्ताको गुनासो सम्बोधन गर्दैन राष्ट्र बैंकको गुनासो इकाइ
काठमाडौं- वित्तीय ग्राहकको गुनासो सम्बोधन गर्नका लागि राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण अनलाइन पोर्टल नै सञ्चालनमा ल्याएको छ। जसबाट अनलाइनबाट गुनासो दर्ता गर्न सकिन्छ।
अनलाइनबाट गुनासो दर्ता प्रकृया सहज भएपनि गुनासो दर्ता भएको वर्षौँसम्म पनि सुनवाइ नभएको भन्दै वित्तीय उपभोक्ताले राष्ट्र बैंकको गुनासो इकाइमाथि नै गुनासो गरिरहेका छन्।
करिब डेढ वर्षअगाडि बैंक वित्तीय संस्थाहरूले कर्जाको ब्याजदरमा प्रिमियम दर ५ प्रतिशतभन्दा बढी कायम गरी ब्याज निर्धारण गरेपछि राष्ट्र बैंकले सर्कुलर नै जारी गरेर ५ प्रतिशतभन्दा बढी प्रिमियम फिर्ता गर्न निर्देशन दिएको थियो।
राष्ट्र बैंकको सर्कुलरपछि पटक-पटक ताकेता गर्दा पनि प्रिमियम फिर्ता नभएपछि केही उपभोक्ताले राष्ट्र बैंकका अधिकारीहरूसँग आफ्नो ब्याजदर फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका थिए।
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१ २१:१८
प्रतिक्रिया दिनुहोस्