Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर, १० जनाले पाए सफाइ

सोमबार, भदौ २४, २०८१

काठमाडौँ - मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर भएका छन् । १० जनाले सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र  मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई दोषी ठहर र १० जनालाई सफाइ दिएको हो । यसमा तत्कालीन सचिव ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् भने पूर्वसचिव भीम उपाध्यायसहित १० जनाले सफाइ पाएका छन् ।  

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्