Nic Ad Nic Ad
Nic Ad Nic Ad

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

मंगलबार, भदौ २५, २०८१

काठमाडौं – सरकारले पूर्वउपसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ समेत रहेकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको हो ।

यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए । उनको स्थानमा यादवको सिफारिस गरिएको हो ।

सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०४:२८
प्रतिक्रिया दिनुहोस्