Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ - प्रतिनिधि सभा बैठक आज बस्दै छ ।  बैठक दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको  छ । 

यस्तै, अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

यस्तैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 


 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्