Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सभा बैठक बस्दै 

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ - राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ । 

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

यस्तैगरी, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 


 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्