Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ७६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्