Nic Ad Nic Ad
Nic Ad Nic Ad

भियतनाममा शक्तिशाली आँधी : ६५ जनाको मृत्यु, १५ लाख प्रभावित

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ - भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढी पहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको छ।

विपद् व्यवस्थापन निकायले मंगलबार जारी गरेको सूचना अनुसार मृतकको संख्या ६५ पुगेको र ३९ जना अझै पनि बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। धेरै जनाको मृत्यु बाढी-पहिरोमा परी भएको समाचारमा उल्लेख छ। यसमा परी ७५२ जना घाइते छन्।
उत्तरी भेयतनाममा रहेका थुप्रै नदीहरूमा बहाव बढेर रेड अलर्ट देखाएको छ। धेरैले गाउँ र आवासीय क्षेत्र छाडिसकेको पनि विपद् व्यवस्थापन निकायले जनाएको छ।

४ हजार ६०० भन्दा बढी सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्। लाओ काइ प्रान्तमा सबैभन्दा धेरै १९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन्।

फु-थो प्रान्तमा रहेको फोङ चाउ ब्रिज एक्कासि भत्किँदा गुडिरहेका गाडीहरू नदीमा खसेको भिडिओ पनि सार्वजनिक भएका छन्। पुल भत्किँदा १० वटा कार र दुई वटा स्कुटर नदीमा खसेका छन्। 

आँधी, बाढी र पहिरोले भवनहरू भत्किएका छन् भने सडकहरू र बिजुली समेत अवरुद्ध छन्।

 विद्युत् आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्