Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्व विद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छ : नैनसिंह महर

मंगलबार, भदौ २५, २०८१

काठमाडौं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको समग्र शिक्षा र त्यसमा पनि विश्व विद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार हुन आवश्यक रहेको बताएका छन्। 

विश्व विद्यालयमा कुलपतिका रूपमा रहने प्रधानमन्त्री बढी जिम्मेवार हुँदा मात्रै अपेक्षित रूपमा शिक्षा क्षेत्र सुधार हुने उनको धारणा छ।

मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावी सभालाई सम्बोधन गर्दै नेता महरले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री नै विश्व विद्यालयमा कुलपति हुने व्यवस्था रहेको र कुलपति दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विश्व विद्यालयमा दलीय करण व्याप्त रहेको टिप्पणी गरे।

 ‘विश्व विद्यालय देशको दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो। त्यो राजनीतिक प्रभावबाट टाढा रहनुपर्छ। विश्व विद्यालयमा दलीय करण हुनु हुँदैन। गुणस्तरीय शिक्षा अभिवृद्धिका साथै विश्व विद्यालयलाई दलीय करणबाट मुक्त गराउन कुलपति भूमिकामा रहने प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छ’ उनले भने।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्