Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिपी कोइरालाको सालिक निर्माण

मंगलबार, भदौ २५, २०८१

काभ्रेपलाञ्चोक- नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो । 

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली काँग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार रु। १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा संकलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताए ।  आगामी असोज ५ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली काँग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ । बनेपा-सिन्धुली-बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ । यो बाटोलाई बिपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बिपी राजमार्ग निर्माण भएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्