Nic Ad Nic Ad
Nic Ad Nic Ad

सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जालाई सफाइ

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ- सगरमाथामा गत आरोहण सिजनका बेला डोरी काटिएको भनी बाहिर आएको भिडियोका सन्दर्भमा प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात् ’निम्सदाइ’ ले सफाइ पाएका छन् ।

उनले अज्ञात व्यक्तिले डोरी काटेको भन्ने जानकारी र कुराकानीको भिडियोको सामाजिक सञ्जालको सार्वजनिक गरेपछि सरकारले छानबिन गरेको थियो ।

पर्यटन विभागले आरोही पुर्जासँग लिएको बयान, उनको स्पष्टीकरण तथा अन्य प्रमाणका आधारमा उनले दिएको सूचनाको आशय सगरमाथाको प्रतिष्ठा र गौरवमा आँच पुर्‍याउने उद्देश्य तथा मनसाय नभएको भन्दै सामान्य सचेत गराएर सफाइ दिएको हो ।

विभागले गत साउन २२ गते नै पुर्जालाई भविष्यमा आरोहणसँग सम्बन्धित सूचना सम्प्रेषण गर्दा विभागको सहमति र समन्वय लिन लिखित निर्देशन दिएको छ ।

योसँगै पुर्जालाई नेपालमा हिमाल आरोहणमै प्रतिबन्ध लगाउन केही व्यक्ति तथा प्रतिस्पर्धी व्यवसायीहरूले गरेको प्रयास असफल भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्