Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा सहकारी पीडितले रविलाई देखाए कालो झण्डा

मंगलबार, भदौ २५, २०८१

काठमाडौं- सहकारी पीडितहरूले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन्।

रास्वपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्।

लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठक स्थल पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए। कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरू भेला भएपछि त्यसलाई निस्तेज गर्न ठूलो मात्रामा प्रहरी खटाइएको थियो। लामिछाने पुग्नुअघि नै नाराबाजी सुरु गरेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो। तर प्रहरी हस्तक्षेपका बाबजुद सहकारी पीडितहरूले लामिछानेकै अगाडि कालोझण्डा देखाउनुका साथै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

सहकारी पीडितहरूले 'सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण ?’ सहकारी ठग मुर्दावाद, जीवी राई कहाँ छ ? रविलाई थाहा छ, ए सरकार तेरो यो पाराले, दुःख पाए सहकारी पीडित साराले, गोरखा मिडियामा हालेको सहकारीको रकम फिर्ता गर, सहकारीको पैसाले खोलेको टिभीले, बचतकर्ताको छातीमा लगायो टिवी, हाम्रो समस्या समाधान गर्न छिटो आऊ जीवी, जीवी नआए सबै कुराको जिम्मा लेउ रविलगायतको नारा लगाउँदै प्रदर्शन गरेका थिए।

नाराबाजीका बिच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर बैठक स्थल पुर्‍याएका छन्। बैठक स्थलमा पत्रकारलाईसमेत प्रवेश निषेध गरिएको छ। अहिले बैठक स्थलको मूल गेटमा ताला लगाएर कडा सुरक्षाका बीच बैठक सुरु भएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्