Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपसभामुखलाई गोकुलले भने- आफूलाई सही सावित गर्न पदबाट राजीनामा दिनू

मंगलबार, भदौ २५, २०८१

काठमाडौं- नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनका लागि मार्गप्रसस्त गर्न उपसभामुख इन्दिरा राना मगरलाई सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि गम्भीर प्रश्न उठेकाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनको ढोका खोलिदिन सुझाव दिएका हुन् ।

लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफूलाई सही प्रमाणीत गर्ने बाटो पनि रहेको पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले बताए ।

आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण पनि बास्कोटाले गरेका छन् । प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनुपर्ने पनि उनले बताए ।

उनले सांसदहरूमाथि नै प्रश्न उठ्दा के गर्ने भन्ने अलमल हटाउन कानून बनाउनुपर्नेमा जोड दिए । उपसभामुखबारे सरकारले कुनै निर्णय गरे-गरेन भन्ने कुरा सरकारको नभई संसदको बिजनेस भएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्