Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंका दुई अलग स्थानमा एक पुरुष र महिलाको शव भेटियो

मंगलबार, भदौ २५, २०८१

काठमाडौं– काठमाडौं जिल्लाको दुई अलग ठाउँमा एक पुरुष र महिलाको दुई वटा शव फेला परेका छन्। 

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा पुरुष र कीर्तिपुरमा महिला गरी दुई जनाको शव भेटिएको हो।

निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ। 

कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नामथर तथा वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

उक्त शवको सनाखतको प्रयास भइरहेको छ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्