Nic Ad Nic Ad
Nic Ad Nic Ad

वडाध्यक्ष र वडा सचिव साढे ४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ- वडाध्यक्ष र वडा सचिवसहित तीन जना साढे चार लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी उपसचिव तुलसी राम पौडेलका अनुसार उनीहरूलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । 

वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस र रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याएर रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्