Nic Ad Nic Ad
Nic Ad Nic Ad

केदार कार्कीले अनशन बस्ने क्षेत्रलाई प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

दिउँसो साढे १ बजे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।केदार कार्कीले आज दिउँसो ४ बजे प्रदेशसभा सचिवालय परिसरमा अनशन बस्ने घोषणा गरेका थिए । प्रदेश सभा सचिवालय आसपास देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय आसपास, मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास आसपास ३०० मिटर र जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्