Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुग्ण आयोजनाको व्यवस्थापन हुने

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको  प्राथमिकता भएको बताएका छन्। 

राष्ट्रिय सभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिने क्रममा उनले रुग्ण ठेक्का व्यवस्थापन गर्न आफू नेतृत्वको मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा अध्ययन भइरहेको बताए। त्यस्ता आयोजनाको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासंघलाई पनि अनुरोध गरिएको उल्लेख गर्दै मन्त्री दाहालले अध्ययन प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय हुने जानकारी दिए। 

 

शभर करिब पाँच हजार किलोमिटर सडक मर्मतका क्रममा रहेका जानकारी दिँदै उनले सबै सडकलाई खाल्डाखुल्डीरहित बनाउने योजना सुनाए। सवारी चालक अनुमतिपत्र वितरणमा समस्या भएको स्वीकार गर्दै मन्त्री दाहालले समाधानका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

चाँडै नै सवारी चालक अनुमतिपत्र प्रदेश स्तरबाट नै वितरण गरिने जानकारी उनले दिए। साथै उनले प्रधानमन्त्रीका तर्फबाट महान्यायाधिवक्ताको प्रतिवेदन २०७९/८० पनि पेस गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्