Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभर ८० जनामा हैजाको सङ्क्रमण

मंगलबार, भदौ २५, २०८१

काठमाडौं – देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ । 

पछिल्लो तथ्यांक अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । 

ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि भएका ८० जनामध्ये १ जना अस्पताल भर्ना छन् भने ७९ जना निको भइसकेका छन् । यो तथ्यांक असार पहिलो सातायताको हो ।

ईडीसीडीका अनुसार ललितपुरका ५४ जना र काठमाडौँका १२ मा हैजा सङ्क्रमण भएको हो । यस्तै, कैलालीका ८ जना, प्युठानका २ जना, रोल्पाका ४ जना तथा सिन्धुपाल्चोक र मकवानपुरका एक-एक जनालाई हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्