Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगीमा धनराज गुरुङमाथि संसदीय समितिले पनि छानबिन गरोस् : गगन थापा

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा काँग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको बताए । उनले भने, ‘उहाँ आफैँले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न हुँदैन । कुनै पनि प्रकरणमा कानूनको उलंघन गरे दोषीले उन्मुक्ति पाउन हुँदैन ।’


निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाले बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषी देखिए कारबाही समेत गर्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्