Nic Ad Nic Ad
Nic Ad Nic Ad

एआईजीपी ज्ञवाली अनिवार्य अवकाशमा

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवाली अनिवार्य अवकाशमा गएका छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाशमा गएका हुन्।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै एआईजी ज्ञवालीलाई बिदाइ गरेका हुन् ।


बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले सेवा निवृत्त हुन लागेका एआईजी ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे ।

कार्यक्रममा ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए । ज्ञवाली ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २६ भदौबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्