Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्यकर्ता भर्ती गर्न उपसभामुख हटाउन खोजिँदै छ :  राजेन्द्र लिङ्देन

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संवैधानिक परिषद्‍मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको टिप्पणी गरेका छन् ।

मंगलबार झापामा आयोजित एक कार्यक्रममा उनले नेपाली काँग्रेस र नेकपा एमालेसहितका सत्तारुढ दलहरू संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाउने तयारीमा लागेको बताएका हुन् ।

‘काँग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अप्ठ्यारो पार्‍यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पुर्‍याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुपर्‍यो भन्दा उपसभामुख हटाउन महाअभियोग लगाउनुपर्‍यो भनेर भनिरहेको छु अध्यक्ष लिङ्देनले भने ।

उनले अगाडि भने, ‘देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरू सच्चिने बाटोमा छैनन् । फेरि पनि जति सकिन्छ लुटौँ, जति सकिन्छ खाऔँ । सबै हामी खाऔँ भन्ने बाटोमा लागेका छन् ।’ अध्यक्ष लिङ्देनले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने जिकिर गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्