Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीका वन मन्त्री कुर्मीले दिए राजीनामा

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ- बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् ।

उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । उनको राजीनामा स्वीकृत भएको छैन ।

मन्त्री भएपछि उनको बारेमा चौतर्फी विरोध भएको थियो । स्रोतका अनुसार कुर्मीलाई काँग्रेस पार्टी केन्द्रले मुद्दाको छिनोफानो नलाग्दासम्म मन्त्री पदबाट राजीनामा दिन सर्कुलर गरेको हो । काँग्रेस-माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्