Nic Ad Nic Ad
Nic Ad Nic Ad

केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटायो

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ- कोशी प्रदेशका पुर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएको छ । 

१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निःशुल्कलगायतका माग राखेर अनशन बसेका कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएर उनकै निवासमा छाडी दिएको हो । निषेधित क्षेत्रमा अनसन बसेका कारण प्रहरीले अनशन स्थलबाट हटाएर सुरक्षित रूपमा उनकै निवासमा छाडीदिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई जानकारी दिए । 

कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले आज दिउसो नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्