Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब दिएको छैन : एमाले

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ - नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् । 

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन् । 

प्रमुख सचेतक बर्तौलाले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकूलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताए । उनले उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभई संसदमा उठेको विषय भएको बताए । उनले उपसभामुखले संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई भिसाका लागि अमेरिकी दूतावासमा पत्र लेख्नुले संसद्को मर्यादामाथि हुर्मत लिएको बताए । 

उनले भने ‘उपसभामुखसँग जोडिएको घटना संसद्को विषय हो । संसदमा उठेका विषय हुन् । सरकारले बनाएको होइन । सरकारद्वार सिर्जित समस्या, विषय होइन । उहाँले गर्नुभएको काम पदीय जिम्मेवारी अनुकूल होइन ।’

प्रमुख सचेतक बर्तौलाले प्रतिपक्ष दलहरूले उपसभामुखको विषयमा संसदमा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाए । प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेका उनको भनाई छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्