Nic Ad Nic Ad
Nic Ad Nic Ad

खाद्यले दशैंका लागि १५ सय खसी र कालो रंगका ३ सय च्याङ्ग्रा ल्याउने

बुधबार, भदौ २६, २०८१

काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि १८ सय खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । जसमध्ये १५ सय वटा खसीबोका र ३ सय वटा च्याङ्ग्रा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले हरक वर्ष चाडपर्व लक्षित गरेर खसीबोका तथा च्याङ्ग्रा खरिद गरेर बिक्री वितरण गर्दै आएको थियो । सोही क्रमलाई निरन्तरता दिँदै कम्पनीले यस वर्ष १८ सय वटा खसीबोका तथा च्याङ्ग्रा ल्याउन लागेको कमपनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार उक्त खसीबोका र च्याङ्गा खरिदका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ । उक्त रकम खसीबोका र च्याङ्ग्रा खरिद गर्नका लागि मात्र हो । त्यसको ढुवानी लगायत व्यवस्थापनको खर्च भने यसमा समावेश नगरिएको उनले बताइन् । ढुवानी तथा अन्य व्यवस्थापनका लागि कति खर्च लाग्छ भनेर अहिले नै यकिन गर्न नसकिने पनि बताइन् ।

कम्पनीले दाङको तुलसीपुर र हेटौंडाबाट खसीबोका ल्याउने भएको छ । त्यसैगरी, मुस्ताङबाट कालो रंगको च्याङ्ग्रा ल्याउन लागिएको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् ।

उपभोक्ताले पनि कालो रंगको च्याङ्ग्रा खरिद गर्न चाहेका त्यसअनुसारकै सुझाव पाएकाले पनि यस पटक कालो रंगको च्याङ्ग्रा ल्याउने तयारी कम्पनीले गरेको हो ।

उक्त खरिबोका र च्याङ्ग्रा घटस्थापनाको आसपासमा काठमाडौँ ओराल्ने तयारी रहेको उनले बताइन् । काठमाडौं ल्याइएको भोलिपल्टदेखि बिक्री सुरु हुनेछ ।

कम्पनीले बिक्री गरेर नाफा कमाउने उद्देश्य नराखेको सूचना अधिकारी सुवेदीले स्पष्ट पारिन् । बजारलाई व्यवस्थित गर्न, उपभोक्ताहरू नठगिउन् भनेर खाद्यले खसीबोका ल्याउन लागेको हो ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार