Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंसहित पाँच जिल्लाका सिडिओ सरुवा

बुधबार, भदौ २६, २०८१

गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, अर्घाखाँची र प्यूठानमा नयाँ सिडिओलाई पठाइएको छ । 

काठमाडौंको सिडिओको जिम्मेवारी सहसचिव जयनारायण आचार्यलाई दिएको छ । यसअघि आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ।   

सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिला प्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्यूठानमा रमा आचार्यलाई सिडिओ बनाएर पठाइएको छ । सिन्धुली, सिन्धुपाल्चोक र अर्घाखाँचीमा झन्डै एक महिनादेखि सिडिओ पद रिक्त थियो ।  

त्यस्तै, सहसचिव डा.टोकराज पाण्डेलाई मन्त्रालयको नीति योजना महाशाखामा पदस्थापन भएको छ । नियमित सरुवा हुन नसक्दा गृह मन्त्रालयमा झन्डै दुई दर्जन सहसचिव र उपसचिव जिम्मेवारीविहिन छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार