Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसको पदाधिकारी बैठकमा विधान संशोधन समिति गठनको सम्भावना

बुधबार, भदौ २६, २०८१

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठकमा विधान संशोधन समिति गठनको प्रस्तावमा छलफल हुनेछ। 

केन्द्रीय समितिको बैठकले निर्णय गरेको उक्त समिति गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको थियो। यहि क्रममा बुधबार पदाधिकारी बैठक बस्दैछ। 

सदस्यता वितरण, उम्मेदवार चयन, प्रमुख पदमा महिला सहभागिता, पार्टी संरचनाको आकार, आन्तरिक निर्वाचन प्रणाली, प्रदेश समितिको क्षेत्राधिकारलगायतका विषयमा विधान संशोधन हुनेछ। 

यसबाहेक दुई पटक मात्र सभापति लड्न पाउने व्यवस्थाका बारेमा पनि विचारका लागि प्रस्ताव पर्न सक्ने अनुमान गरिएको छ। यसले आगामी बर्षको मंसिरमा हुने महाधिवेशन प्रभावित पार्न सक्छ।
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्