Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीका मन्त्री कुर्मीले दिए राजीनामा

बुधबार, भदौ २६, २०८१

काठमाडौं-लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए ।

देउवाको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशव्यापी रुपमा नराम्रो सन्देश प्रवाह भएको भन्दै कुर्मीलाई राजीनामा दिन भनेका थिए । कुर्मीले आज राजीनामा बुझाएका हुन् ।

कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ। मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन कायमै छ। कुर्मीकै कारण कांग्रेस र एमालेको अहिलेको सत्ता गठबन्धनको आलोचना भइरहेको छ ।


 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्