Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

बुधबार, भदौ २६, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझ पाँच बजे सिंहदरवारमा बस्नेगरि बैठक बोलाइएको हो । आज नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको बुझिएको छ ।


न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो। न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एक जनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्