Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरले दियो श्रम बैंकमा आबद्ध ८५७ जनालाई रोजगारी

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- काठमाडौँ महानगरले श्रम बैंकमार्फत् ८५७ जनालाई रोजगारी दिएको जनाएको छ । आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षाका क्रममा महानगरले श्रम बैंकमा आवद्धहरुलाई रोजगारमा जोडिएको जानकारी दिएको हो ।

प्रशासन विभागका अनुसार यस वर्ष श्रम बैंकमा आबद्ध भएका ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएको हो ।यसबाहेक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप १ हजार जनालाई रोजगारी प्रदान गरिएको छ । विभागका अनुसार यस आर्थिक वर्षमा प्रदेश सरकारबाट सिफारिस भएर आएका ७१ जना कर्मचारीलाई पदस्थापन गरिएको छ ।

महानगरले बुधबार काठमाडौं प्लाजास्थित सभा हलमा आर्थिक वर्ष ०८०-८१ को वार्षिक समीक्षामा विभाग स्तरीय छलफल गरेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्