Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस बैठकको निचोडः उपसभामुखको राजीनामा

बुधबार, भदौ २६, २०८१

काठमाडौं– नेपाली कांग्रेसले उपसभामुख इन्दीरा रानामगरले गर्नै नहुने काम गरेका कारण राजीनामा दिनुपर्ने निचोड निकालेको छ। 

सभापति शेरबहादुर देउवाले बुधबार राखेको पदाधिकारी बैठकको निचोडसहित राजीनामा माग गर्ने निर्णय भएको हो। 

अमेरिकी दूतावासलाई पत्र लेखी असम्बन्धित मानिसलाई भिषा दिलाउनका लागि गरिएको उपसभामुखको लेटरहेडको दुरुपयोग भएको कांग्रेसको ठहर छ। 

बैठकले सहकारी ठगी प्रकरणमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न सहयोग गर्ने निर्णय गरेको छ। 
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्