Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपसभामुख गलत नभएको भन्दै रास्वपाले उठायो सत्ता गठबन्धनको इमानदारितामै प्रश्न

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्ने सत्ता गठबन्धनमाथि नै प्रश्न उठाएको छ । सिंहदरवारमा बसेको सचिवालय बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघिको कुरा अहिले ल्याएको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘१८ महिना अघि उहाँले एउटा पत्रमा हस्ताक्षर गरेको देखियो। त्यो सम्बन्धित ठाउँमा पुगेको छैन । त्यो भिजाको लागि पनि होइन अन्तर्वार्ताको समय चाँडो गराइदिन मात्रै थियो । उहाँले १८ महिना अघि नै पत्र लेख्नु गलत थियो हामीले मान्यौँ, त्यो अहिले गलत थियो भने १८ महिना अघि पनि गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यो कुरा। त्यसैले उहाँको दाउपेचमा हुनुहुन्छ । १८ महिनाअघि नै गलत थियो भने अहिले कि चर्चा गर्दै हुनुहुन्छ ।

उनले उपसभामुखले छानबिन र स्पष्टीकरण दिने मौका पाउनुपर्ने बताए। संवैधानिक परिषद्मा आफू अनुकूल बनाउन सत्ता गठबन्धनले यो तयारी गरेको बताए।

उनले थपे, ‘अहिले चर्चा हो, कुनै औपचारिक कदम चालिएको छैन। हामी अहिले छलफल गरिरहेका छौँ । आगामी निष्कर्ष सुनाइहाल्नुपर्ने अवस्था आएको छैन । आज उहाँको सदनको प्रस्तुति अनुसार हामी आगामी धारणा बनाउँछौँ ।’

उनले उपसभामुख राना गलत व्यक्ति नभएको जिकिर गरे।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्