Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुईवटा विषयगत समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- राष्ट्रिय सभाको दुईवटा विषयगत समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले सूचना निकालेर निर्वाचनबारे तालिका सार्वजनिक गरेका हुन् ।

तालिकाअनुसार यही भदौ ३१ गते विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचन हुनेछ ।विधायन व्यवस्थापन समितिको सभापतिमा जयन्तीदेवी राई थिइन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा थिए ।

नेताहरूका अनुसार विधायन व्यवस्थापन समितिको सभापतिको नेतृत्व अब एकीकृत समाजवादीले पाउने छैन। ‘उक्त समितिमा सत्तापक्षको प्रष्ट बहुमत छ । अहले ठूला दलहरू सरकारमा भएको बेला सानो दलले उक्त समितिको सभापति पाउने सम्भावना छैन ।’

१५ सदस्यीय विधायन समितिमा काँग्रेसबाट समितिको नेतृत्व हुन सक्ने नेताहरू बताइएको छ । १२ सदस्यीय सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने सत्तापक्ष र प्रतिपक्ष बराबर ६/६ जना छन् ।

सके सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति लिने र आफैँ राख्ने एमालेको प्रयास छ । नसके माओवादीलाई नै दिएर सर्वसम्मत सभापति बनाइने उनले बताए ।

निर्वाचन तालिका अनुसार समितिको सभापतिमा भदौ ३० गते उम्मेदवारी दर्ता हुनेछ । ३१ गते समितिकै सभाकक्षमा निर्वाचन हुनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्