Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसलाई रास्वपाको प्रश्न- नेपालीलाई विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन ?

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना प्रकरणमा नेपाली काँग्रेसलाई जवाफ फर्काएको छ । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले उपसभामुखले देशको शिर झुकाएको निष्कर्ष निकालेको थियो ।

त्यसको जवाफ दिँदै रास्वपा सांसद मनिष झाले काँग्रेसलाई नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन भनेर प्रश्न गरे ।उनले भने, ‘उपसभामुखले १९ महिनाअघि लेखेको एउटा पत्रमा उहाँले गल्ती भयो भनेर विज्ञप्ति निकालिसक्नुभएको छ । अहिले त्यसलाई राजनीतिक रूपमा चर्चा गरिँदै छ । बार्गेनिङका लागि त्यो लेटर प्रयोग गरिँदै छ । काँग्रेसको अभिव्यक्ति आयो नेपालको शिर झुकाउने काम भयो भनेर । नेपालको शिर त्यो बेला किन झुकेन नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाइयो ।’

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्