Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी सांसद बराइलीले उपसभामुख इन्दिरा गान्धी भनेपछि...

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले उपसभामुख इन्दिरा गान्धी भनेपछि संसदमा हाँसोको फोहोरा छुटेको छ । 

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले भने‚ ‘सम्माननीय उपसभामुख इन्दिरा गान्धीको कुराले हिजो सदनमा तंरग आएको थियो । ए इन्दिरा रानाले सरी ।’

उनले महिला दलित थारू आदिवासी जनजातिहरूले उच्च ओहोदामा पुग्न छेकिने भन्दै भने‚‘के निहुँ पाउँ गलत्याउ भन्ने देखिन्छ।’

उपसभामुखको गल्ती भएको भए सम्बन्धित पार्टीसँग संवाद गर्नुपर्ने बताए । उनले केही कारण नभई हटाउन नमिल्ने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्