Nic Ad Nic Ad
Nic Ad Nic Ad

कलाकार सुलेमान शंकर (ईकु)लाई सीआईबीले समात्यो, यस्तो छ अभियोग 

बुधबार, भदौ २६, २०८१

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कलाकार सुलेमान शंकर उर्फ ईकुलाई पक्राउ गरेको छ। 

सीआईबीका अनुसार कलाकार भिषामा युरोप पठाउँछु भनी विभिन्न व्यक्तिसँग मोटो रकम ठगी गरेको आरोपमा ईकुलाई बुढानिलकण्ठ नगरपालिका–३ बाट मंगलबार पक्राउ गरिएको हो। 

बिभिन्न देशहरुमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनि विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरुलाई ईकुले ठगी गरेको उजुरी प्रहरीमा परेको थियो। 

युरोपेली मुलुकहरुमा राम्रो काम पाईने र आम्दानी समेत सोही अनुरुप आकर्षक हुने प्रलोभन देखाई एसएमएस फिल्मस प्रालीका नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिब्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ। 

विदेश जान तयार मानिसहरुले खातामा रकम जम्मा गरिसकेपछी रकम जम्मा गर्ने व्यक्तिहरुले कलाकार भिषामा विदेशी मुलुकमा भिषा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पिडितहरुले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भनी झुलाउने गरिएको पनि खुलेको छ। 

‘अन्तमा पिडितहरुको सम्पर्कबाट बाहिर रही ठगी गर्ने कार्यमा संलग्न रहेको पाइयो’, सीआईबी अधिकारी भन्छन्,‘म्याद थपका लागि आवश्यक अनुसन्धान जारी छ। 

ईकुको खास नाम सूर्यमान शंकर हो। धापाखेलका ४० बर्षीय ईकु धुम्बाराहीमा बस्दै आएका थिए। यसअघि पनि उनलाई उपत्यका अपराध महाशाखाले जुवाखालबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार