Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

बुधबार, भदौ २६, २०८१

लुम्बिनी- लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त गरेका थिए। मन्त्रीमा नियुक्त भए देखिनै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्न उनले मन्त्री पदबाट राजीनामा दिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्